गृहपृष्ठ स्वास्थ्य बिमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोगबारे समझदारी

स्वास्थ्य बिमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोगबारे समझदारी

स्वास्थ्य बिमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोगबारे समझदारी

काठमाडौं । स्वास्थ्य बिमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र स्वास्थ्य बिमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो सहमतिसँगै अब स्वास्थ्य बिमा सेवामा राष्ट्रिय परिचय नम्बरको प्रयोग गरी डिजिटल प्रणालीमार्फत सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ ।

यो सहकार्यले स्वास्थ्य बिमा प्रणालीलाई अझ छिटो, सुरक्षित र विश्वसनीय बनाउने विश्वास बोर्डले व्यक्त गरेको छ ।

राष्ट्रिय परिचय नम्बरमार्फत नागरिकको विवरण प्रमाणीकरण गर्दै स्वास्थ्य बिमा सेवालाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

सम्बन्धित निकायका अधिकारीका अनुसार, यो समझदारीले स्वास्थ्य बिमा सेवामा डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवाग्राहीलाई छिटो, सहज र विश्वसनीय सेवा उपलब्ध गराउन मद्दत गर्नेछ । यसबाट कागजी प्रक्रिया कम भई सेवा प्रवाहमा पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु