काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

1.51K
shares

विश्व चेस महासङ्घको ‘फिडे वुमेन्स चेस म्याराथन’अन्तर्गतको अफिसियल प्रतियोगिताका रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा १०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ ।

आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बुले, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्चमा विश्वभरि प्रतियोगिता भइरहेको बताए । उनले चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवका रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालमा महिला खेलाडीले मात्रै सहभागी हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाका लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा एकेडेमीकी संस्थापक खम्बु र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गरे ।

गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका १४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपाली शीर्ष आठसँगै यु ७, यु १०, यु १३ यु १६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइनेछ । उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसल अवाड्र्स पनि प्रदान गरिने आयोजकले बताइएको छ ।