nmb bank

गृहपृष्ठ बाजुरामा कांग्रेसका गिरीको अग्रता

बाजुरामा कांग्रेसका गिरीको अग्रता

बाजुरामा कांग्रेसका गिरीको अग्रता

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाजुरामा नेपाली कांग्रेसले अग्रता लिएको छ । जिल्ला समन्वय समिति बाजुरामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले एक हजार ८६९ मत ल्याएर अग्रस्थानमा हुन् ।

उनलाई नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापाले पछ्याएको छ । थापाले एक हजार ११० मत प्राप्त गरेको छ । हिमाली गाउँपालिकाका तीन हजार ६१३ मतगणना गर्दा कांग्रेसले सुरुवाती देखि नै अग्रता लिएको हो ।

शुक्रबार बेलुकी ७ बजेबाट सुरु भएको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए । यहाँका ८७ हजार ८६१ मतदातामध्ये ४५ हजार ३९० जनाले मतदान गरेको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्रसहित आठ जना उम्मेदवार हुन् ।

प्रकाशित समय : ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु