काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँः मुख्यमन्त्री यादव

2.52K
shares

मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गरेका छन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान गर्दै उनले आफ्नो योग्य जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोगको अवसर नगुमाउन आग्रह गरे । मुख्यमन्त्री यादवले सहज, सुरक्षित र विवेकपूर्ण ढङ्गले अभिमत जाहेर गरी देशको भविष्य निर्माणमा योगदान गर्न अपिल गरे ।

यसैबीच, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटका चार निर्वाचन क्षेत्रका ५४१ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको जानकारी दिएका छन ।