काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुगुमा किरियापुत्रीले गरे मतदान

1.91K
shares

छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन् ।

छायानाथ रारा नगरपालिका–१ निवासी दिवङ्गत ९३ वर्षीया रुपा मल्लका छोराहरु ललिजङ, राजन र विनोद मल्लले उक्त मतदान केन्द्रमा मतदान गरेका हुन ।

त्यसैगरी, सोही वडाकी अर्की दिवङ्गत ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन ।