global ime bank Long Banner Ad

गृहपृष्ठ ‘एनएनआइपिए स्पोट्र्स अवार्ड’ चैतमा

‘एनएनआइपिए स्पोट्र्स अवार्ड’ चैतमा

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा २०औँ एनएनआइपिए स्पोट्र्स अवार्ड आगामी चैत २० गते हुने भएको छ ।

अवार्ड कार्यक्रम स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआइपिएका महासचिव शिवसुन्दर गोथेले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यका बाहिर पहिलोपटक उक्त अवार्ड कार्यक्रम हुन लागेको हो ।

विभिन्न २७ खेलका खेलाडीलाई सम्मान गरिनेछ । त्यसबाहेक एक एक पुरुष/महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभाशाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार तथा एक पारा खेलाडीलाई सम्मान गरिनेछ ।

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु