गृहपृष्ठ टाटा मोटर्सद्वारा ह्याचब्याक पन्च ईभीको फेसलिफ्ट संस्करण सार्वजनिक
टाटा मोटर्सद्वारा ह्याचब्याक पन्च ईभीको फेसलिफ्ट संस्करण सार्वजनिक
टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक पन्च ईभीको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ ।
गत महिना मात्रै पेट्रोल भेरियन्टको फेसलिफ्ट बजारमा ल्याएको टाटाले नयाँ पन्च ईभी भारतीय बजारमा बिक्री सुरू गरेको हो ।
टाटा मोटर्सले टाटा पन्च ईभीको फेसलिफ्ट ६ भेरियन्टमा बजारमा ल्याएको हो । कम्पनीले फेसलिफ्ट पन्चको बेस भेरियन्टको मूल्य ९ लाख ९६ हजार र टप भेरियन्टको मूल्य १२ लाख ५९ हजार भारतीय (क्स शोरुम) तोकेको छ ।
कम्पनीले पहिलो पटक आफ्नो इन्ट्रि लेभल इलेक्ट्रीक एसयूभीको फेसलिफ्ट मोडल सार्वजनिक गरेको हो । पन्चको फ्रन्ट डिजाइनमा परिर्वतन गरेर फेसलिफ्ट मोडल ल्याएको हो ।
टाटाले नयाँ पन्च ईभीमा हालकोभन्दा ठूलो ब्याट्री दिएको छ । नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध भएको छ । यी ब्याट्रीले क्रमशः ३५५ किलोमिटर र ४६८ किलोमिटर रेन्द दिनेछ । पुरानो पन्च ईभीमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री थियो ।
पन्च फेसलिफ्ट २०-८० मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।
पन्च ३० किलोवाट आवर ब्याट्री अप्सनमा दुई भेरियन्ट स्मार्ट र स्मार्ट प्लस उपलब्ध छ । त्यस्तै, ४० किलोवाट आवर ब्याट्री अप्सनमा भने स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस एस गरी ४ भेरियन्टमा उपलब्ध छ ।
नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइटहरू दिइएको छ ।
भेरियन्ट अनुसार वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् । सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल–होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगात फिचर छन् ।
प्रकाशित समय : १७:४५ बजे



















