गृहपृष्ठ दीपेन्द्रसिंह ऐरी पीएसएल खेल्ने, इस्लामावाद युनाइटेडमा अनुबन्ध
दीपेन्द्रसिंह ऐरी पीएसएल खेल्ने, इस्लामावाद युनाइटेडमा अनुबन्ध
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तानको फ्रेन्चाइज टी-२० लिग पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्ध भएका छन् ।
दीपेन्द्रलाई इस्लामाबाद युनाइटेडले अक्सनबाट ६० लाख पाकिस्तानी रुपैयाँ अर्थात ३१ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।
पाकिस्तानी सुपर लिगको ११औँ संस्करण यही मार्च २६ देखि ३ मे सम्म हुदैछ । इस्लामबाद युनाइटेडपीएसएलको सफल टिम मध्ये एक हो ।
प्रकाशित समय : ११:२२ बजे



















