गृहपृष्ठ डोल्मा इन्प्याक फण्डलाई कर छुट दिने अर्थमन्त्रीको प्रयासलाई सर्वोच्चले रोक्यो
डोल्मा इन्प्याक फण्डलाई कर छुट दिने अर्थमन्त्रीको प्रयासलाई सर्वोच्चले रोक्यो
सर्वोच्च अदालतले कर छुटसम्बन्धी कुनै पनि निर्णय नगर्न सरकारलाई आदेश दिएको छ । यससँगै डोल्मा इन्प्याक फण्डलाई कर छुट दिने सरकारको निर्णय कार्यान्वयन नहुने भएको छ ।
डोल्मा इन्प्याक फण्डलाई कर छुट दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका अर्थमन्त्रीको प्रस्तावमा डोल्मा इन्प्याक फण्डलाई करोडौँ रुपियाँ कर छुट दिने निर्णय भएको थियो ।
लामो समयसम्म परामर्शदाताको भूमिका निर्वाह गरेको उक्त कम्पनीलाई कर छुट दिने निर्णय गराएपछि अर्थमन्त्री खनाल विवादमा परेका थिए । सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै भेषराज लुईंटेल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
नेपालमा कारोबार गरेर नाफा आर्जन गर्ने तर कर नै नतिरेर रकम लैजाने काम गैरकानुनी भएको भन्दै उनीहरूले कर असुल्नुपर्ने माग निवेदकले गरेका थिए । तर अर्थमन्त्री खनालले भने दोहोरो कुरमुक्तिसम्वन्धी पूरानो प्रावधानमा टेकेर डोल्मालाई कर छुट दिने प्रयास गरेपछि विवादा तानिएका हुन् ।
सर्वोच्चले पुस २४ मा उक्त सरकारी निर्णय तत्काल कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा अहिले सोही आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रकाशित समय : ११:१७ बजे



















