global ime bank Long Banner Ad

गृहपृष्ठ टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

काठमाडौं । विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटनले नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ। नेपालमा टाइटन ब्रान्डको आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रालि (एनटीएन) द्वारा आयोजित कार्यक्रममा टाइटन कम्पनीको अन्तर्राष्ट्रिय व्यापार विभागअन्तर्गत सार्क तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी भएको थियो।

दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा देशभरका करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समारोहमा नेपालमा टाइटनको दुई दशकभन्दा लामो सफल यात्राको समीक्षा गर्दै आगामी रणनीति तथा योजनाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले नेपालमा टाइटन ब्रान्डप्रति ग्राहकहरूको विश्वास र आकर्षण निरन्तर बढिरहेको बताए। उनले भारतपछि नेपाल टाइटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको उल्लेख गर्दै ग्राहक, डिलर तथा एनटीएन परिवारप्रति आभार व्यक्त गरे।

समारोहको मुख्य आकर्षणका रूपमा बलिउड अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटनको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको थियो। कम्पनीले आलियाको व्यक्तित्व, आधुनिक सोच तथा युवा पुस्तामाझको प्रभावले टाइटनको ब्रान्ड छविलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

२२औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले असार महिनाभर टाइटनका सम्पूर्ण उत्पादनमा २० प्रतिशत विशेष छुट उपलब्ध गराउने घोषणा पनि गरेको छ। कम्पनीका अनुसार उक्त योजना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्दै ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाउने उद्देश्यले ल्याइएको हो।

कार्यक्रममा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरलाई सम्मान गरिएको थियो। साथै, हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्रान्ड आउटलेटका इन्चार्जहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

यस अवसरमा ‘मेड इन इन्डियास् अ टाइटन स्टोरी’ नामक ओटीटी शृङ्खलाबारे जानकारी दिँदै टाइटन ब्रान्डको स्थापना, नवप्रवर्तन, चुनौती र सफलताको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको बताइएको थियो।

नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनील कुमार अग्रवालले सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीनवटा नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले टाइटनलाई नेपालका थप शहर तथा बजारसम्म विस्तार गर्दै ग्राहक अनुभव र बिक्रीपछिको सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

हाल दुर्बारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही र पोखरामा गरी टाइटनका १० वटा आउटलेट सञ्चालनमा रहेका छन्। कम्पनीका अनुसार यी आउटलेटमार्फत देशभरका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका घडी तथा लाइफस्टाइल उत्पादनहरू सहज रूपमा उपलब्ध गराइँदै आएको छ।

सन् २००४ देखि नेपालमा आफ्नो यात्रा सुरु गरेको टाइटनले घडी, स्मार्टवाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादन क्षेत्रमा आफूलाई एक भरोसायोग्य ब्रान्डका रूपमा स्थापित गरेको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली ग्राहकलाई विश्वस्तरीय गुणस्तर, नवीनता तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु