global ime bank Long Banner Ad

गृहपृष्ठ शेख हसिनाको पार्टीमाथि प्रतिबन्धका साथ बंगलादेशमा मतदान जारी

शेख हसिनाको पार्टीमाथि प्रतिबन्धका साथ बंगलादेशमा मतदान जारी

शेख हसिनाको पार्टीमाथि प्रतिबन्धका साथ बंगलादेशमा मतदान जारी

विद्यार्थी आन्दोलनपछि उथलपुथल भएको बंगलादेशमा बिहीबार संसद् र मनमतसंग्रहका लागि एकसाथ मतदान भइरहेको छ । लामो विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना भागेर भात पुगेकी छिन् । त्यसपछि सेनाको ब्याकिङमा मोहम्मद युनुसको नेतृत्वमा सल्लाहकार सरकार गठन भएको थियो ।

आन्दोलनको १८ महिनापछि मतदान हुँदै गर्दा हसिनाको पार्टी अवामी लिगमाथि भने प्रतिबन्ध लगाइएको छ । बंगलादेशको एक अदालतले हसिनालाई मृत्युदण्डको सजायसमेत सुनाएको छ ।

बंगलादेशी सञ्चार माध्यमहरूले उत्सावपूर्ण मतदान भइरहेको उल्लेख गरेका छन् । द डेली स्टारले धेरै मतदान केन्द्रहरूमा उत्सवमय वातावरण देखिएको उल्लेख गरेको छ । शान्ति सुव्यवस्था कायम राख्न र सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो ।

ढाका तथा अन्य जिल्लाका विभिन्न मतदान केन्द्रहरूको अवलोकनका क्रममा धेरै मतदाता—धेरैजसो समूहमा—फज्रको नमाज अदा गरेलगत्तै बिहानै मतदान गर्न आएको पाएइएको द डेली स्टारले जनाएको छ ।

लामबद्ध रूपमा उभिँदा मुस्कुराउँदै र आपसमा कुराकानी गर्दै मतदाताहरूले निर्वाचनमा सहभागी हुन पाउँदा उत्साह व्यक्त गरेका थिए ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु