global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी गरिँदै

पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी गरिँदै

पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी गरिँदै

नेपालमा पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी हुने भएको छ ।

काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत चितवनको भरतपुरमा ‘पहिलो अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२’ अन्तर्गत प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको आयोजक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।

चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको संयुक्त आयोजनामा यही माघ २५ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुन लागेको र सोही कार्यक्रममा गाई प्रदर्शनी गरी पुरस्कार प्रदान गर्न लागिएको हो ।

बगालेले भने, “देशभरबाट गाई ल्याउनका लागि किसानहरुलाई अनुरोध गरिएको छ, त्यसमा आकर्षक, तथा गाईका लागि आवश्यक आहारविहार, स्वास्थ्य अवस्था सबै हेरेर प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको हो । पहिलो अनुभव हो, यसबाट गाईपालन प्रवद्र्धनका साथै नेपालमा पनि उन्नतस्तरका गाईहरु छन् भनेर देखाउन खोजिएको छ ।”

प्रतियोगितामा विजयी हुने गाईपालक किसानले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

अध्यक्ष बगालेले डेरीका उत्पादन र उद्यमशीलता प्रवद्र्धन, डेरी उत्पादन प्रक्रिया र वितरणमा नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर प्रदान, गुणस्तर र जागरूकता वृद्धि, उपभोक्तालाई डेरी उत्पादनको महत्व बुझाउन पहिलोपटक अन्तरराष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।

यसमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका उत्पादन र प्रविधिको समेत प्रदर्शनी हुने जनाइएको छ ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु