global ime bank Long Banner Ad

गृहपृष्ठ विवाह सिजनलाई लक्षित यामाहाको नयाँ अफर

विवाह सिजनलाई लक्षित यामाहाको नयाँ अफर

विवाह सिजनलाई लक्षित यामाहाको नयाँ अफर

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले विवाहको सिजनलाई लक्षित गरी ‘मायासँग मायाको यात्रा’ योजना सार्वजनिक गरेको छ।

कम्पनीले यस योजना अन्तर्गत सेवाग्राहीले यामाहाका दुई पाङ्ग्रे सवारी साधनको खरिदमा ६ हजार रुपैयाँसम्म नगद छुट (सगुन) प्राप्त गर्नेछन्। यो अफर विशेष गरी नयाँ वैवाहिक जीवन सुरु गर्न लागेका जोडीहरूलाई लक्षित गरी ल्याइएको हो।

देशभर रहेका यामाहाका आधिकारिक डिलर नेटवर्कमार्फत यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। एमएडब्लू राइड्सले नेपाली बजारमा लामो समयदेखि जापानी इन्जिनियरिङका मोटरसाइकल तथा स्कुटरहरू बिक्री वितरण गर्दै आएको छ।

 

 

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु