global ime bank Long Banner Ad

गृहपृष्ठ चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार

यातायात व्यवसायी तथा मजदुरका मुद्दा बोकेर आगामी प्रतिनिधीसभा निर्वाचनमा चार यातायात व्यवसायी उम्मेदवार बनेका छन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार व्यवसायीले उम्मेदवारी दिएका हुन ।

महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली क्षेत्र नं २, पश्चिम नेपाल यातायात व्यवसायी कम्पनीका विष्णु खड्काले सुर्खेत क्षेत्र नं १, वरिष्ठ व्यवसायी भागवतप्रकाश मल्लले स्याङ्जा क्षेत्र नं २ र कर्णाली यातायातका रमेश सापकोटाले सुर्खेत क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन । जसमध्ये स्वाँर, खड्का र मल्ल नेपाली कांग्रेसबाट र सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना व्यवसायी उम्मेदवार बनेको बताए ।

नीति निर्माण तहमा प्रतिनिधित्व नभएका कारण ठूलो लगानी र आर्थिक समृद्धिको बलियो आधार भए पनि यातायात क्षेत्र व्यवस्थित बनाउन हस्तक्षप हुन नसकेको उनको बुझाइ छ ।

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु