global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण सुडानको अवस्थाबारे ओएचसीएचआर चिन्तित

दक्षिण सुडानको अवस्थाबारे ओएचसीएचआर चिन्तित

दक्षिण सुडानको अवस्थाबारे ओएचसीएचआर चिन्तित

संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग (ओएचसीएचआर) ले दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्र सङ्घले यस्तो घटनाक्रमले नागरिकहरू विरुद्ध सामूहिक हिंसाको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँने र शान्ति सम्झौतालाई अझ बिगार्ने चेतावनी दिएको छ ।

ओएचसीएचआरले प्रभावकारी कमान्ड र नियन्त्रण प्रयोग गर्ने कमान्डरहरू लगायतका सार्वजनिक बयानहरू, सेना परिचालनसँग मिल्दोजुल्दो हुदाँ शान्ति प्रक्रियाको आधार कमजोर भएको क्षणमा हिसांत्कम क्रियाकलापमा वृद्धि हुने जनाएको छ ।

आयोगले अपराधहरू रोक्न वा सजाय दिन असफल हुनेहरूलाई आपराधिक रूपमा जिम्मेवार ठहरसमेत गरेको छ ।

आयोगले शान्ति सम्झौताको निरन्तर उल्लङ्घन र अस्थिर र जातीय रूपमा विभाजित वातावरणमा कमान्डबाट सञ्चालित व्यापक राजनीतिक विच्छेदको हिस्सा भएको उल्लेख गरेको छ ।

आयोगले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई शान्ति सम्झौताको संरक्षण गर्न तत्काल पुनः संलग्न हुन र दक्षिण सुडानका नेताहरूलाई उनीहरूले प्रतिबद्ध गरेको राजनीतिक मार्गमा फर्कन दबाब दिन माग गर्दै तनाव कम गर्न तत्काल भड्काउने बयानबाजी र सेना परिचालन बन्द गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ ।

प्रकाशित समय : १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु