global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका नवीन जिसीले उम्मेदवारी फिर्ता लिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज तोकिएको समय बिहान १०ः०० देखि दिउँसो १ः०० बजेभित्रको समयमा जिसीको मात्र उम्मेदवार फिर्ता भएको हो । १३ जनाको मनोनयन दर्ता भएकामा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उम्मेदवारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदीको उम्मेदवारी कायम छ ।

उहाँका अनुसार नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रव), प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको उम्मेदवारी पनि कायमै छ ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका डा महावीर पुन म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेको छ । पुनले त्रिभुज चुनाव चिह्न रोजेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम छन् ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु