global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जामा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वालिङ–चापाकोट पक्की सडकखण्डअन्तर्गत वालिङ–७ धोडेपानीमा लु३त ५१७३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा वालिङ–७ केवरेका ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टीकापुर–७ का ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए ।

ट्र्याक्टर दुर्घटनामा परी घाइते भएका सबैलाई वालिङस्थित गर्हौं प्राथमिक अस्पताल पठाइएकोमा चिकित्सकले अपराह्न ४ः०० बजे मृत घोषणा गरेका थिए । ट्र्याक्टर दुर्घटनामा परी घाइते हुनेमा ट्र्याक्टर चालक पश्चिम नवलपरासी सरल गाउँपालिका–१ अनन्दनगर बस्ने २८ वर्षीय लालबहादुर सुनार, कैलालीको लम्की नगरपालिका–५ पाँचचौर बस्ने २२ वर्षीय श्याम चौधरी, लम्की नगरपालिकाकै ३९ वर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय हुकुमबहादुर दर्लामी घाइते भएका सूचना अधिकारी चौधरीले जानकारी दिए । घाइते भएका चार जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

वालिङबाट ढुङ्गा लिएर चापाकोटतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै १० मिटर तल खोल्सामा खसेको हो ।

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु