गृहपृष्ठ रौतहट क्षेत्र नंं १ मा कांग्रेसका अनिल झाको उम्मेदवारी
रौतहट क्षेत्र नंं १ मा कांग्रेसका अनिल झाको उम्मेदवारी
पूर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका छन। झाले आज रौतहट क्षेत्र नंं १ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन।
झा विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । विसं २०७९ को निर्वाचनमा भने उनि धनुषाको क्षेत्र नंं ३ बाट उम्मेदवार बने ।
विभिन्न मधेसवादी पार्टी हुँदै केही महिनाअघि मात्रै नेपाल सद्भावना पार्टी ब्यूँताएका झा उक्त पार्टी कांग्रेसमा समाहित गरेर उम्मेदवार बनेको जनाइएको छ ।
उम्मेदवारी दर्तापछि उनले आममतदाताको भावना र मागअनुसार पुनः रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन । रासस
प्रकाशित समय : १८:५१ बजे





















