गृहपृष्ठ गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण
गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण
काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ । पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उहाँको पहिलो औपचारिक गीति कृति हो ।
भोजपुरको चरम्बिमा जन्मिएका ढकालले शिक्षण पेसाबाट करिअर सुरु गरी करिब ३५ वर्ष निजामती सेवामार्फत राष्ट्रसेवा गरेको थियो । एल्बममार्फत उनले आफ्ना सिर्जनात्मक सपनाको औपचारिक सुरुवात गरेको हो ।
एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमति हिरादेवी ढकाल रहेको छ । कार्यक्रममा उनले गीतकार ढकालको साहित्यिक तथा सङ्गीत यात्राको सफलताको कामना गरे। एल्बमको सम्पूर्ण संगीत शक्ति बल्लभले दिएको छ ।
एल्बममा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, सुमित खड्का र रचना रिमालको स्वरमा पाँच वटा गीत समावेश छन् । लोकार्पण कार्यक्रममा कवि तथा गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, कवि तथा गीतकार एवं नेपाल सरकारका पूर्वमुख्य सचिव डा विमल कोइराला, पूर्वमन्त्री टङ्क ढकाललगायतको उपस्थिति थियो ।
पूर्वमन्त्री टङ्क ढकालले नेपाली साहित्य र प्रतिभाको विकास आवश्यक रहेको उल्लेख गर्दै ‘हिमाली सुस्केरा’ले साहित्यिक इतिहासमा अर्को इँटा थपेको बताए । सरल शब्द र लोक लवजको लेखाइ प्रयोग गरिएको लेखाइले देश, प्रकृति र बिकास प्रेम झल्किने सङ्गितकार बल्लभले उल्लेख गरे।
प्रकाशित समय : १६:२१ बजे




















