global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सन नेपाल लाइफको एजीएम सम्पन्न, प्रस्तावित लाभांश पारित

सन नेपाल लाइफको एजीएम सम्पन्न, प्रस्तावित लाभांश पारित

सन नेपाल लाइफको एजीएम सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ र नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष२०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले कम्पनीको अधिकृत पुँजी गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०/८२ र २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु