global ime bank Long Banner Ad

गृहपृष्ठ कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् । एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उनले जानकारी दिए । फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका उनले जानकारी दिए ।

कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।

“फर्र्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो”, उनले भने, “कारागार प्रशासनबाट कैदीबन्दीलाई फर्कन सूचना जारी भएको छ, प्रहरीले फरार रहेकाको खोजी जारी राखेको छ ।”

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु