global ime bank Long Banner Ad

गृहपृष्ठ फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग

फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग

फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग

बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रवीन रानालाई पनि त्यति नै नगद प्रदान गरेको छ ।

समाजले अपाङ्गता दिवसका अवसरमा उनीहरूलाई आर्थिक सहयोग गरेको हो । साथै समाजले फरक क्षमताकी नेपालीका निम्ति अपाङ्गमैत्री शौचालय पनि निर्माण गरिदिएको छ ।

यसैगरी, समाजले सत्यवती गाउँपालिका–४ का अशक्त ईश्वर शर्मा, अनुज ज्ञवाली र गुल्मीदरबार गाउँपालिका–५ का नेत्रबहादुर रानालाई पनि जनही ५० हजार प्रदान गरेको छ ।

समाजले बुधबार एक विज्ञप्ति निकालेर सत्यवती बहुमुखी क्याम्पसलाई एक लाख, आशा अपाङ्ग केन्द्रलाई एक लाख, रेडियो पुष्पाञ्जलीलाई ५० हजार र रुरुक्षेत्रमा रहेको अटिजम पाठशालालाई ५० हजार प्रदान गरेको जनाएको छ ।

प्रकाशित समय : १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु