global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशमा चुनावअघि बढ्दो हिंसाप्रति अल्पसंख्यक संगठन चिन्तित

बंगलादेशमा चुनावअघि बढ्दो हिंसाप्रति अल्पसंख्यक संगठन चिन्तित

बंगलादेशमा चुनावअघि बढ्दो हिंसाप्रति अल्पसंख्यक संगठन चिन्तित

बंगलादेशमा अल्पसङ्ख्यक समुदायको एक संगठनले चुनावअघि अल्पसङ्ख्यकमाथि हिंसा बढेकोमा चिन्ता व्यक्त गरेको छ ।

‘बंगलादेश हिन्दू बौद्ध इसाई एकता परिषद्’ले मंगलबार (जनवरी ६) मा वक्तव्य जारी गर्दै डिसेम्बर २०२५ मा कम्तीमा ५१ घटनामा अल्पसंख्यक समुदायका सदस्यहरूलाई निशाना बनाइएको घटना उल्लेख गर्दै तीमध्ये १० मानिसको हत्या भएको बताएका छन् ।

परिषद्का सदस्य काजल देवनाथले समाचार एजेन्सी एएफपीलाई भने, “बंगलादेशका अल्पसङ्ख्यक समुदाय आफूमाथि भएका घटनाबाट अत्यन्त डराएका छन् ।”

उनले अगाडि भने, “यो सरकार अल्पसंख्यकविरुद्धको हिंसाप्रति अत्यन्त उदासीन छ ।” संगठनको वक्तव्यमा आगजनी, बलात्कार र लुटपाटका घटनाहरूको विवरण दिइएको छ ।

देवनाथले आक्रमणकारीहरूले चुनावअघि अल्पसंख्यकहरूलाई डराउने प्रयास गरिरहेको आशंका व्यक्त गरेका छन् । उनले सरकार र चुनाव आयोगसँग कदम चाल्न अपिल गरेका छन् ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु