गृहपृष्ठ एक वर्ष अविधिको २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

एक वर्ष अविधिको २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

एक वर्ष अविधिको २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो ।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ । आज दिउँसो २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । राष्ट्र बैंकका अनुसार बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ ।

यसको साँव भुक्तानी २०८३ पुस १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ । यसअघि पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो ।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु