काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज यी आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.01K
shares

आज पुस १६ गते विभिन्न आठ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ विभिन्न आठ कम्पनीहरूले भोलि पुस १७ गते बुक क्लोज गर्दैछन्।

आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

जसमा इमर्जिङ नेपाल लिमिटेडको ५.२६३१५ प्रतिशत नगद लाभांश, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ६.५ प्रतिशत नगद लाभांश, चिलिमे हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश र महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।

त्यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१ प्रतिशत नगद लाभांश, एलआईसी नेपालको २१.०५ प्रतिशत नगद लाभांश, निर्धन उत्थान लघुवित्तको ७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर रहेको छ। यस्तै अप्पर हेवाखोला हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश रहेको छ ।