global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा काठमाडौंको होटल र्याडिसन, लाजिम्पाटमा सम्पन्न भएको छ ।

सभामा संघका अध्यक्ष लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

साधारण सभामा संघका अध्यक्षले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अवस्था चुनौतीहरु तथा भावी कार्ययोजनाका बारेमा चर्चा गरिएको थियो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षण प्रतिवेदन, आयव्यय विवरण, आगामी कार्ययोजना तथा कार्यक्रमहरु सर्वसम्मत रुपमा पारित गरेको छ । साथै, बीमा क्षेत्रको सुदृढीकरण तथा बीमा पहुंच विस्तारका विषयमा निर्णयहरु समेत गरेको छ ।

प्रकाशित समय : १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु