global ime bank Long Banner Ad

गृहपृष्ठ आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

पुस १३ गते आइतबार पाँच वटा सूचीकृत कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिनसम्म नेप्सेमा सेयर खरिद गरी कायम सेयरधनी बनेका लगानीकर्ताहरूले ती कम्पनीहरूको नगद तथा बोनस लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेका छन्। यी सबै कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् पुस १४ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

घोषित लाभांशअनुसार सिनर्जी पावर डेभलपमेन्टले १० प्रतिशत बोनस सेयर र प्रति सेयर ०.५२६३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभा पुस २८ गते अम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौंमा हुने तय भएको छ। शिखर इन्स्योरेन्स कम्पनीले ६ प्रतिशत बोनस सेयर र ०.३१५८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसको साधारण सभा पुस २९ गते थापाथलीस्थित शिखर बिज सेन्टरमा आयोजना हुनेछ।

नेपाल इन्स्योरेन्स कम्पनीले प्रति सेयर ६.३१५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभा पुस २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा हुनेछ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत बोनस सेयर र प्रति सेयर १५.२६३२ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ। यसको साधारण सभा पुस २५ गते अमृतभोग क्याटर्स प्रालि, कालिकास्थान, काठमाडौंमा आयोजना हुनेछ।

 

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु