global ime bank Long Banner Ad

गृहपृष्ठ अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि चार दिनसम्म बन्द भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ ।

यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ । यस अघि उपमहानगरपालिकाले एक दिनको लागि बिदा दिएको थियो तर मौसममा सुधार नभएपछि चार दिन बिदा थप गरिएको हो ।

करिब एक हप्तादेखि जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरुमा एक्कासी जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरुलाई झन बढि समस्या भोग्नु परेको छ ।

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु