काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाजुरामा स्याउ बगैँचा सुदृढीकरण अभियान

2K
shares

बाजुरा । बाजुरामा स्याउ तथा सुन्तला बगैँचाको उत्पादन बढाउने उद्देश्यले बगैँचा सुदृढीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमअन्तर्गत कृषि प्राविधिकहरू कृषकका बगैँचामै पुगेर काँटछाँट, पेष्ट प्रयोग र व्यवस्थापनसम्बन्धी तालिम दिइरहेका छन्।

बुढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बडीमालिका र गौमुलका स्याउ तथा सुन्तला बगैँचामा संयुक्त रूपमा व्यवस्थापन कार्य भइरहेको छ । जलवायु परिवर्तनका कारण स्याउका बोट छिटो पात झर्ने समस्या देखिएपछि हिउँदयाममै व्यवस्थापनलाई प्राथमिकता दिइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

अभियानपछि बगैँचाको पुनः अवलोकन गरिनेछ । कृषि प्राविधिक र कृषकको सहकार्यमा गरिएका गतिविधिका केही तस्बिरहरू यहाँ प्रस्तुत छन्।