global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह ९बालेन० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ । भेट हुनु अघि बालेनले कुलमान घिसिङसँग छलफल गर्ने तयारी गरेका छन्। भेटको स्थान गोप्य राखिएको छ ।

आजको भेटमा एकता सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो, तर रास्वपाको अडान अनुसार सहमति अघि घिसिङसँग छलफल गर्नु पर्ने भएको छ।

हिजो दोस्रो तहका प्रतिनिधिले सहमतिको खाका तयार पारेका थिए। त्यसमा बालेन, कुलमान र जेन–जी का लागि प्रतिनिधित्व निश्चित गरिएको छ। सहमतिमा रास्वपाले निर्वाचन चिह्न ‘घण्टी’ प्रयोग गर्ने निर्णय अघि बढाउने तयारी गरेको छ।

बालेन पक्षका अनुसार शनिबार वान–टु–वान बैठकपछि रास्वपासँग मिलेर जाने कि एक्लै जाने निर्णय टुङ्गो लाग्नेछ।

 

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु