गृहपृष्ठ मर्चवारमा अत्यधिक चिसोले एकजनाको मृत्यु
मर्चवारमा अत्यधिक चिसोले एकजनाको मृत्यु
रुपन्देहीको मर्चवार क्षेत्रमा अत्यधिक चिसोका कारण एकजनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर लम्बु हरिजनको चिसोका कारण मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार हरिजन महिलवारबाट औषधि उपचार गराएर घर फर्कंदै गर्दा चिसोका कारण बाटोमै ढलेका थिए । मंगलबार बेलुका करिब ४ः३० बजे उनी लडेको अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अत्यधिक चिसोका कारण स्वास्थ्यमा असर परेर मृत्यु भएको देखिएको छ ।
प्रकाशित समय : १९:०४ बजे


















