गृहपृष्ठ बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो ।

गाउँपालिकाले विपद् कोषबाट पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट आठ लाख ८० हजार ६०८ गरी २० लाख ३० हजार ५५४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने जनाइएको छ ।

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु