global ime bank Long Banner Ad

गृहपृष्ठ भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सिरहाको आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

एन्फा सिरहाका संयोजक सरोजकुमार आलेले प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नु रहेको बताए । उनले भने, “विद्यालयस्तरमै खेलाडीको क्षमता उजागर गर्ने लक्ष्यसहित जिल्लाका ६ विद्यालयमा ग्रासरुट प्रशिक्षण सञ्चालन गरिएको थियो । विभिन्न कारणले रोकिएको प्रतियोगिता आठ वर्षपछि पुनः सञ्चालन हुन लागेको हो ।”

प्रतियोगिताको मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुल रहेको छ । खेलहरू लहान नगरपालिका–१० स्थित खुला खेल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा जम्मा १० टोली सहभागी हुनेछन् भने कूल १५ खेल खेलाइनेछ, जसमध्ये पाँच खेल छात्रातर्फका रहने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु