गृहपृष्ठ एलआईसी नेपालले जारी गर्यो नयाँ बोनसदर
एलआईसी नेपालले जारी गर्यो नयाँ बोनसदर
एलआईसी नेपालले आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न जीवन बीमा योजनामा लागू हुने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक अवस्था, आम्दानी तथा दीर्घकालीन दायित्वको मूल्यांकनपछि तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसदर घोषणा गरिएको हो । नयाँ बोनसदर लागू हुने बीमालेखहरू कम्पनीको मुनाफाबाट वितरण गरिनेछ ।
कम्पनीका अनुसार जीवन आस्था योजनाअन्तर्गत प्रतिहजार ८० देखि ८५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । बाल उन्नति योजनामा बीमा अवधिअनुसार प्रतिहजार ५५ देखि ६० रुपैयाँ बोनस पाइनेछ । जीवन विद्या, जीवन साथी र जीवन श्री योजनामा भने प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस तोकिएको छ ।
त्यस्तै, सावधिकतर्फ कम्पनीले प्रतिहजार न्यूनतम ४९ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले यस बीमा योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ४९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६० रुपैयाँ र ४५ वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।
प्रकाशित समय : ११:२१ बजे




















