global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चितवनमा उज्यालो नेपालको समिति गठन

चितवनमा उज्यालो नेपालको समिति गठन

चितवनमा उज्यालो नेपालको समिति गठन

चितवनमा उज्यालो नेपाल पार्टीको समिति गठन गरिएको छ । शनिबार पार्टीका केन्द्रिय संयोजक एवं मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा जिल्ला समिति गठन गरिएको हो ।

समिति गठन सफल बनाउन उज्यालो नेपाल पार्टी बागमति प्रदेश संयोजक प्रविन लामाको महत्वपूर्ण भुमिका रहेको छ । उनले चितवनका विभिन्न स्थानिय निकायमा सामाजिक संस्थामा सामाजिक व्यक्तिसंग छलफल गर्दै ठुलो मेहनत गरेका थिए ।

सो कार्यमा उनलाई साथ दिने उत्तम गुरुंको पनि मुख्य भुमिका रहेका छ । चितवन जिल्लाबाट केन्द्रिय सदस्य सञ्चीव भट्टराई सगैं हाल जिल्ला कार्यसमितिमा चयन भएका सम्पुर्ण व्यक्तिहरु र समिति भन्दा बाहिर रहेका व्यक्तिहरुको पनि मुख्य भुमिका रहेको छ ।

समितिको संयोजकमा समिर केसी , उपसंयोजकमा सरला लामिछाने चयन भएका छन । यस्तै सदस्यहरुमा उत्तम गुरुङ, अमर श्रेष्ठ, प्रेम थापा, निशा प्रजा डा. रमेश थापा मगर प्रदिप पंडित, विष्णु प्रसाद चापानगाईं , हरि न्यौपाने अनिल बस्नेत , तेज नारायण आचार्य चयन भएका उज्यालो नेपालका प्रभावशाली नेता वरिष्ठ चिकित्सक डा.चन्दन न्यौपानेले जानकारी दिए ।

यस्तै अन्य सदस्यहरुमा हरि पौडेल, सुन्दर डल्लाकोटी, सुरज बुढाथा्ेकी , मोहम्मद अली , ज्ञान वहादुर पाख्रिन र विमल पाख्रिन,मकेन्थ तामाङ, श्रीप्रसाद लामा, सुमित चौधरी र गोपाल रम्तेल चयन भएका डा. न्यौपानेले बताए । सम्पुर्ण समिति सदस्यहरुलाई केन्द्रिय संयोजक घिसिले बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु