global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

काठमाडौं । पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ ।

यो एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामथ्र्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ भन्ने मान्यता पनि रहि आएको छ ।

पद्य पुराण अनुसार सफला एकादशीको अनुकम्पा सयौ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता रहेको छ । सफला एकादशीको दिन भगवान विष्णुको भक्तिभावका साथ पूजा गरिन्छ । वेद तथा पुराणमा उल्लेख भएका मन्त्रद्धारा देवदेवेश्वर हरि विष्णुको पूजा आराधना गरिन्छ भने रात्रीमा जाग्राम बसिन्छ ।

सफला एकादशीका दिन गुरु तथा ब्राम्हणहरुलाई दियो दान गर्नु राम्रो मानिन्छ । अरु एकादशीमा जस्तै यो एकादशीमा पनि शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ । आजको दिन बिहानै स्नान गरि शुद्ध भई श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ ।

भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुँदैन ।

 

प्रकाशित समय : ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु