गृहपृष्ठ सबस्टेशनमा आगोका कारण सान फ्रान्सिस्कोमा विद्युत सेवा अवरुद्धः एक लाख घर–व्यवसाय प्रभावित
सबस्टेशनमा आगोका कारण सान फ्रान्सिस्कोमा विद्युत सेवा अवरुद्धः एक लाख घर–व्यवसाय प्रभावित
अमेरिकाको सान फ्रान्सिस्कोमा शनिबार ठूलो मात्रामा विद्युत अवरोध भएको छ । शहरका करिब एक लाख ३० हजार घर र व्यवसायहरू अन्धकारमा परेका छन् । प्वासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनीका अनुसार, विद्युत सेवा पुनः सुचारु गर्न आपतकालीन सेवा र शहरका अधिकारीहरूसँग समन्वय गर्दै काम भइरहेको छ ।
शहरका मेयर ड्यानियल ल्युरीले बासिन्दालाई अनावश्यक बाहिर नजान र घरमै बस्न आग्रह गरेका छन । केही ट्राफिक सङ्केतकहरू काम नगरेको हुँदा प्रहरीले चोकहरूमा नियन्त्रणका लागि खटाइएको छ ।
विद्युत कटौतीको मुख्य कारण शहरको एक सबस्टेशनमा आगो लागेको हो । अझै पूर्ण रूपमा सेवा कहिले फर्कने निश्चित भएको छैन । यस घटनाका कारण पश्चिमी तटको प्रमुख प्रविधि केन्द्र अन्धकारमा परेको छ ।
प्रकाशित समय : १२:५४ बजे




















