global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विश्व ध्यान दिवसमा विशेष समारोह

विश्व ध्यान दिवसमा विशेष समारोह

विश्व ध्यान दिवसमा विशेष समारोह
दोस्रो विश्व ध्यान दिवसका अवसरमा आज टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मूल समारोह समितिको आयोजनामा भएको समारोहमा योग प्रशिक्षकहरूले प्रवचनका साथै अभ्याससमेत गराएका थिए ।
मूल समारोह समितिका संयोजक एवं शिक्षामन्त्री महावीर पुनले योग र ध्यानलाई विद्यालयमा अतिरिक्त क्रियाकलापमा समावेश गर्न निर्देशन दिइएको जानकारी गराए ।  उनले योग र ध्यानलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने भएकाले यसलाई प्राथमिकता दिन आग्रह गरे ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रुपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा कार्यरत सबै सङ्घसंस्थालाई सहकार्यमा आउन आग्रह गरिन ।
ओशो तपोवनका आनन्द अरूणले नेपाललाई ध्यान केन्द्र बनाउन सकिने बताउँदै आर्थिक रूपमा सम्पन्न मुलुकमा पनि मानसिक सन्ताप हुने गरेको जानकारी दिए ।
कार्यक्रममा ‘आर्ट अफ लिभिङ नेपाल’ का प्रशिक्षक डा कञ्चन घिमिरे, ब्रम्हकुमारी ध्यान केन्द्रका प्रशिक्षक रामसिंह ऐरले ध्यान अभ्यास गराएका थिए ।
गत वर्षको डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष २१डिसेम्बर लाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको हो । यो वर्ष ‘विश्व शान्ति र सद्भावनका लागि ध्यान’ नाराका साथ यो दिवस मनाइँदै छ ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु