global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साेमबार बसकाे मन्त्रिपरिषद्काे बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिर साैजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन ।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिएका थिइन ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएका हुन ।

परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए । उनिहरुको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गरिन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?”, प्रधानमन्त्री कार्कीले भनिन।

त्यसअवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्रीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रमा सहभागी हुन आमन्त्रण गरे ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु