गृहपृष्ठ रवि लामिछाने आज पार्टी कार्यालय जाँदै
रवि लामिछाने आज पार्टी कार्यालय जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय जाने भएका छन् ।सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछाने पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन् ।
पार्टी कार्यालय वनस्थलीमा दिउँसो ३ बजे लामिछानेलाई स्वागत् गरिने प्रवक्ता मनिष झाले जानकारी दिए । लामिछाने शुक्रबार रिहा भएपछि सोही दिन चितवन पुगेका थिए ।
शनिबार चितवनमा कार्यकर्तालाई सम्बोधन गरेर काठमाण्डु फर्किएर उनले जेन–जी आन्दोलनका घाइतेसँग भेटघाट गरेका थिए ।
प्रकाशित समय : ११:१६ बजे




















