गृहपृष्ठ युवामाथि भ्रम फैलाउने राजा–महाराजाका आसेपासेः प्रचण्ड (भिडियो सहित)

युवामाथि भ्रम फैलाउने राजा–महाराजाका आसेपासेः प्रचण्ड (भिडियो सहित)

युवामाथि भ्रम फैलाउने राजा–महाराजाका आसेपासेः प्रचण्ड (भिडियो सहित)

त्यो पनि तीनै हिजोका राजा, महाराजा र उनका आसेपासे उनीहरुका दलालहरुले गरिरहेको छ विचार गर्नु होला ।’यस्तै, उनले आफ्नो पार्टी जनताको आवश्यकता र चाहाना अनुसार कृषिमा नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएर अगाडि बढेको पनि बताए ।उनले भने, ‘यो देशमा जनताको आवश्यकता र चाहाना अनुसार कृषिमा अब नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएका छौ । उतपादन वृद्धि गर्ने, कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने र नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको वातावरण बनाउने हामीले संकल्प पनि गरेका छौ ।’

नेपाली कम्युनिष्ट पार्टी र त्यसको संयोजक युवाहरुको असली अभिभावक हो भन्ने कुरा बुझेर देशै भरिबाट हजारौं मान्छेहरु पार्टीमा आएको पनि उनको भनाई छ ।साथै, उनले देशको राजनीति भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरुको वरिपरि नै घुमि रहेको भन्दै आन्दोलनले नेपाली राजनीतिमा रहेको थुप्रै कमिलाई उजागर गर्ने र राजनीतिक दल र नेताहरुलाई समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको बताए ।उनले भने, ‘अहिले देशको राजनीति झण्डै झण्डै गएको भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरुको वरिपरि नै घुमि रहेको छ । सबै तिर जेनजी जेनजी नै भईरहेको छ । जेनजीले नेपाली राजनीतिमा रहेको थुप्रै कमि र सिमालाई उजागर गर्ने, हरेक राजनीतिक दल र नेताहरुलाई आफ्नै बारे समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको छ ।’

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु