गृहपृष्ठ मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
जनकपुर । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएको छ ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज महतोलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको उल्लेख छ ।
प्रकाशित समय : १७:४९ बजे



















