global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ ।

नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रुपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो ।

समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन भएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएका हुन ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनि प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी छन । उनको शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जजना सदस्य रहेका छन् ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु