गृहपृष्ठ बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
गण्डकी । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३।४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।
चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।
प्रकाशित समय : २०:२० बजे


















