गृहपृष्ठ दुर्गा प्रसाईँ र गृहमन्त्री अर्यालबिच भेटवार्ता
दुर्गा प्रसाईँ र गृहमन्त्री अर्यालबिच भेटवार्ता
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार साँझ सिंहदरबार पुगेका प्रसाईँले गृहमन्त्रीसँग १ घण्टा भेटवार्ता गरेका हुन् । देशकाे वर्तमान स्थितिबारे छलफल भएकाे बताइएकाे छ ।
प्रसाईं नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो ।
तर त्यसकाे अघिल्लाे दिन(मंसिर ६) मा सरकारले प्रसाईँकाे अभियानसँग वार्ता स्थगिताकाे सहमति गरेकाे थियो ।
प्रकाशित समय : २०:०७ बजे




















