काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्मार्ट टेलिकम पीडितलाई अन्यायमा पर्न दिँदैनौँ’ :मन्त्री खरेल

3.02K
shares

स्मार्ट टेलिकम पीडितहरूले सञ्चार मन्त्री जगदीश खरेललाई भेटेका छन् ।

आज सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरूले सञ्चार मन्त्री खरेललाई भेटेर आफूहरू लामो समयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरूले पनि दिएको तर बर्सौँ भाडा नतिर्दा टेलिकमबाट आफूहरू पीडित बनेको उनीहरूले बताए ।

स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरू पीडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि सञ्चार मन्त्री भेट्नुपरेको बताए ।

स्मार्ट टेलिकम टावर पीडित संयोजक थापाका अनुसार स्मार्ट टेलिकम खारेजपछि सबै सम्पती नेपाल सरकारले लिएको छ । सरकारले समिति पनि बनाएको छ ।