काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पूर्वीनाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोड रुपैयाँको चिया निर्यात

1.21K
shares

पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्ममा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गएको आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यो ३७ प्रतिशतले कम हो ।

गएको आर्थिक वर्षको चार महिनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । यो चालू आर्थिक वर्षमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो ।