काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनखानीमा ड्रोन आक्रमण हुँदा तीन चिनियाँ कामदारको मृत्यु

1.2K
shares

अफगानिस्तानको सीमानामा रहेको ताजिकिस्तानमा चिनियाँ कामदारहरूमाथि घातक ड्रोन आक्रमण हुँदा तीन चिनियाँ इञ्जिनियरको ज्यान भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

ताजिकिस्तानको विदेश मन्त्रालयले सुनखानीमा आक्रमण भएको पुष्टि गरेको छ । आक्रमणमा ग्रेनेड र विस्फोटक पदार्थ प्रयोग भएको बताइएको छ ।

बुधबार राति ताजिकिस्तानको दक्षिणपश्चिमी खातलोन क्षेत्रमा रहेको क्याम्प हाउजिङ कम्पनीका कर्मचारीलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमण सीमापारबाट गरिएको दाबी गरिएको छ ।