global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो ।

प्रकाशित समय : २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु