global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू

एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू

एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू

काठमाडौँ । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ, जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्। नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड(टाइम अफर उत्कृष्ट अवसर बनेको छ।

डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत, ग्राहकहरूले अब नामी भिगो र नामी 01 लाई नाडा मूल्यमा किन्न सक्नेछन्। साथै, प्रत्येक ग्राहकले निस्शुल्क 7kW होम चार्जर, 3.5kW पोर्टेबल चार्जर, र निस्शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन्। नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले iPhone 17 Pro Max जित्ने मौका पाउनेछन्।

यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निस्शुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्। यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको छ।

प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन्।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु